Logo

राजनीति

राष्ट्रिय सभा निर्वाचनः कर्णालीमा ९६ प्रतिशत मत खस्यो



सुर्खेत। राष्ट्रिय सभा निर्वाचनमा कर्णालीमा कर्णालीमा ९६.४६ प्रतिशत मत खसेको छ ।

बिहान ९ बजे सुरु भएको मतदान अवधी ३ बजेसम्म कर्णालीका सात जना मतदाताले मतदान नगरेका प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले जानकारी दिए ।

कर्णालीमा राष्ट्रिय सभा निर्वाचनका लागि एक सय ९८ मतदाता रहेकोमा तोकिएको मतदान अवधी दिउँसो ३ बजेसम्म एक सय ९१ मत खसेको छ । प्रदेश सभाका ४० सदस्यमध्ये ३९ जनाले मतदान गरेका छन् भने एक सय ५८ मतदाता संख्या स्थानीय तहका एक सय ५२ जनाले मतदान गरेका छन् ।

स्थानीय तहका ६ जना र प्रदेश सभाका एक मतदानमा सहभागी भएका छैनन् ।
कर्णालीमा रिक्त हुने दुई पदका लागि चार जना चुनावी प्रतिस्पर्धामा छन् ।

कांग्रेस–एमालेको गठबन्धनबाट नेपाली काँग्रेसका ललित शाही र नेकपा एमालेका मिना सिंह रखाल उम्मेदवार छन् । नेकपाले दुर्गा शर्मा र अन्नु महतारा शाहीलाई उम्मेदवार बनाएको छ । केहीबेरमा मतपरिणाम आउन निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ४ : ३५ बजे