Logo

धर्म / संस्कृति

आजको राशिफल



मेष राशि
दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। खर्च लागे पनि नयाँ तथा दिगो काममा लगानी बढाउने अवसर प्राप्त हुनेछ।

बृष राशि
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।

मिथुन राशि
मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ।

कर्कट राशि
अरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ। मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्।

सिंह राशि
अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। बेसुरको निर्णयले समस्या आउला। अध्ययन र व्यापारमा सोचेको फाइदा नउठ्न सक्छ। केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ला।

कन्या राशि
दिन रमाइलो र उत्साहजनक रहनेछ। प्रियजनसँग भेटघाट वा सम्पर्क हुनेछ। अतिथिको रूपमा सत्कार पाइने ग्रहयोग छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। आफन्तबाट सहयोग मिल्नेछ।

तुला राशि
प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ।

बृश्चिक राशि
समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। परिस्थितिवश चिताएको काममा बाधा पुग्न सक्छ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ।

धनु राशि
निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ। समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।

मकर राशि
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले फाइदा दिलाउनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्ने समय छ।

कुम्भ राशि
बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।

मीन राशि
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ७ : १२ बजे