Logo

मुख्य समाचार

आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको सचिवालयको स्पष्टोक्ति



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की धादिङ–२ की उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता नलिएको स्पष्ट पारेकी छन् ।

विभिन्न सञ्चारमाध्यममा उनको उम्मेदवारी फिर्ता लिएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै तामाङको सचिवालयले ती समाचारहरू भ्रामक भएको जनाएको छ ।

नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै तामाङको सचिवालयले उम्मेदवारी फिर्ता लिएको भन्ने समाचारको खण्डन गर्दै भनेको छ, ‘उम्मेदवारी फिर्ता लिएको छैन । उहाँ हाल धादिङमै हुनुहुन्छ । पिआर विवाद भनेर प्रसारण गरिएका समाचारहरू समेत निराधार र भ्रामक छन् ।’

सचिवालयले यस्ता अपुष्ट र गलत समाचारको पछि नलाग्न सञ्चारमाध्यम तथा सर्वसाधारणलाई आग्रहसमेत गरेको छ ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ४ : ५९ बजे