Logo

अर्थ

सुनकाे मूल्य हालसम्मकै उच्च विन्दुमा, ताेलाकाे तीन लाख नाघ्यो



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

शुक्रबार सुनको मूल्य तोलामा ९ हजार २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार ५ हजार ८ सय ७० रुपैयाँमा कारोवार भएको चाँदी आज ३२० रुपैयाँले बढेर ६ हजार १ सय ९० रुपैयाँमा कारोवार भैइरहेको छ ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ११ : ५१ बजे