भक्तपुर। गायक तथा गीतकार कपिल कसपालको शब्दमा सरस्वती माताको स्तुतिमा तयार गरिएको भजन ‘विद्याकी देवी सरस्वती माता’ सार्वजनिक गरिएको छ । एस.पी.जे. आर्ट एण्ड म्युजिक तथा विनिता साँस्कृतिक कला प्रवद्र्धन केन्द्रको संयुक्त प्रस्तुति रहेको ‘विद्याकी देवी सरस्वती माता’ सार्वजनिक गरिएको हो ।
भक्तपुरमा आयोजित एक कार्यक्रममा भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीको प्रमुख आतिथ्यतामा उक्त भजन सार्वजनिक गरिएको हो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष योगेन्द्रमान बिजुक्छें विशेष अतिथिका रूपमा सहभागी थिए । वसन्त पञ्चमीलाई लक्षित गर्दै तयार गरिएको सो भजन युट्युब च्यानल एसपीजे आर्ट एण्ड म्युजिकमार्फत वल्र्ड प्रिमियर गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि जोशीले भजनको अडियो–भिडियोको प्रशंसा गरिन् । भजन बजिरहेका बेला संगीतले आफूलाई डुबाएको अनुभूति भएको बताउँदै उनले सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना व्यक्त गरिन् ।
भजनमा सानु मैयाँ धौभडेल र सुरज कपालीको स्वर रहेको छ । बद्री नारायण ताम्राकारको संगीत, बुद्ध सायमीको एरेञ्ज रहेको गीतमा तबलामा गौतम श्रेष्ठको साथ छ । आशिष नापितको निर्देशनमा तयार गरिएको म्युजिक भिडियोमा सजन ख्याजु र कृजल न्हुच्छें प्रधानको छायांकन रहेको छ । भिडियोमा अलिशा गरु, कृशला मथ्या र सकिरा प्रजापतीको अभिनय छ ।
भजन सार्वजनिकरण कार्यक्रम संगीतकार बद्री नारायण ताम्रकारको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन गायक तथा संचारकर्मी स्वयं कपिल कसपालले गरेका थिए ।











प्रतिक्रिया