Logo

मुख्य समाचार

कालिकोटमा नेकपा र नेपाली कांग्रेसका बागी उम्मेदवार



सुर्खेत । कालिकोटमा चुनावी माहोल एकएक फेरिएको छ । तत्कालिन नेकपा माओवादी केन्द्रले आफ्नो किल्ला ठान्दै आएको कालिकोटमा यो पटक नेकपाकै जीवन बुढाले चुनौती दिएका छन् ।

कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री समेत रहेका महेन्द्रबहादुर शाहीकका लागि जीवन बुढाको उम्मेदवारी भारि हुने छ । लगातार चौथो पटक संसद छिर्ने सपना बोकेका शाहीको यो पटकको यात्रा रोकिन सक्ने अड्कलबाजी गरिदैछ ।

नेकपाका केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहिले टिकट ल्याए पछि विवाद चुलिएको हो । शाहि र बुढा दुबै प्रचण्डका विश्वास पात्र मानिन्छन् । बुढा प्रचण्डको सचिवालय हुँदै राष्ट्रिय सभाका सदस्य भई सकेका हुन् भने शाहि २०७० सालदेखि निरन्तर प्रतिनिधि सभा र प्रदेश सभामा चुनाव जित्दै आएका थिए ।

सुरुमा जीवन बुढाले टिकट पाउने चर्चा भए पनि बुढालाई रोक्न शाहीले प्रचण्डलाई कालिकोटबाट चुनाव लडाउने भन्दै प्रचण्डको नाममा एकल सिफारिस गरेका थिए । प्रचण्डले रुकुम पूर्व रोजे पछि कालिकोटमा विवाद चुलिएको थियो । मनोनयनको अन्तिम समयमा महेन्द्र शाहीको नाममा टिकट आए पछि बुढाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता पछि सधै अरुलाई अवसरबाट बञ्चित गर्न खोज्ने प्रवृत्तीकोविरुद्व आफ्नो उम्मेदारी भएको बुढाले बताए । ‘यो पार्टीभित्रको अन्यायविरुद्वको आवाज हो’ उनले भने, ‘कार्यकर्तालाई दास बनाउने खोज्ने प्रवृत्तिविरुद्धको लडाइँ हो ।’

नेपाली कांग्रेसबाट टिकट नपाए पछि कांग्रेस नेता भुपेन्द्रजंग शाहिले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । २०७० सालको संविधान सभा निर्वाचन र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा टिकट पाएका शाहिले यो पटक टिकट पाएनन् । नेपाली कांग्रेसको आन्तरिक समिकरण फेरिएपछि पुर्व पार्टी सभापति हर्षबहादुर वमले टिकट पाएका छन् ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ११ : ०० बजे