रौतहट । आगामी निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि ६ जनाले आफ्नो मनोनयन पत्र दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगलबार बिहानैदेखि उत्साहजनक रूपमा मनोनयन दर्ता प्रक्रिया अघि बढेको हो ।
निर्वाचन अधिकृत अवध किशोर प्रसाद कुशवाहाले दिएको जानकारी अनुसार आम जनता पार्टीका अध्यक्ष प्रभु साह र नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाले वारेशमार्फत आफ्नो मनोनयन दर्ता गराएका छन् ।
अध्यक्ष प्रभु साहको प्रतिनिधिले कटहरियास्थित निर्वाचन कार्यालयमा पुगेर मनोनयन पत्र दर्ता गराएका हुन् भने एमालेका कुन्दन कुशवाहाले पनि आफ्नो विश्वासपात्र मार्फत उम्मेदवारी दर्ता गराउएका छन् ।
साह र कुशवाहा बाहेक अन्य दल र स्वतन्त्र उम्मेदवारहरूले पनि उम्मेदवारी दर्ता गराएका छन् । जसमा जनमत पार्टीबाट शेख प्रवेज आलम, नेपाल मजदुर किसान पार्टीबाट रेखा पटेल र मङ्गोल नेशनल अर्गनाइजेसनबाट उत्तरबहादुर रानाले मनोनयन दर्ता गराएका छन् ।
त्यसैगरी, राजेश साहले स्वतन्त्र उम्मेदवारका रूपमा आफ्नो मनोनयन पत्र बुझाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रौतहट क्षेत्र नम्बर ३ मा नेताहरूको उम्मेदवारी परेसँगै यहाँको चुनावी प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ ।











प्रतिक्रिया