Logo

मुख्य समाचार

विप्लव चुनावी प्रतिस्पर्धामा नउत्रिने, प्रकाण्ड कालीकोटबाट उम्मेदवार



काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आगामी निर्वाचनमा उम्मेदवार नहुने भएका छन्। पार्टी सचिवालयले विप्लव निर्वाचनमा नउत्रिने निर्णय भएको पुष्टि गरेको छ।

यसअघि रोल्पाबाट चुनावी प्रतिस्पर्धामा सहभागी भएका विप्लवले यसपटक भने विश्राम लिने निर्णय गरेका हुन्।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ भने कालीकोटबाट निर्वाचनमा उम्मेदवारी दिने तयारीमा छन्। उनले बाह्रखरीसँग कुरा गर्दै आफू कालीकोट जाने तयारीमा रहेको र पार्टीभित्र उम्मेदवारीबारे छलफल जारी रहेको जानकारी दिए।

पार्टीले आगामी निर्वाचनका लागि उम्मेदवार चयन र रणनीतिबारे आन्तरिक छलफललाई निरन्तरता दिएको जनाएको छ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ५ : ४६ बजे