Logo

मुख्य समाचार

श्रष्टा हक अधिकारका लागि सरकार र संस्थाहरुबीच सहकार्य जरुरी



काठमाडौं । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले ‘सल्लाहकार मनोनयन, श्रष्टा अधिकार तथा वर्तमान गीत संगीत बजारमा ब्याप्त विकृति र विसंगतिहरुको न्यूनिकरणका लागि छलफल तथा चियापान कार्यक्रम’ आयोजना गरेको छ ।

कार्यक्रममा प्रतिलिपि अधिकार कार्यालयकी प्रमुख रजिस्ट्रार सबिता कार्कीले श्रष्टा हक, अधिकारका लागि कानुनको संशोधित ड्राफ्ट तयार रहेको र त्यसको कार्यान्वयनका लागि श्रष्टा आफै पनि जागरुक भइ घचघच्याउनुपर्ने बताइन् ।

प्रतिलिपि अधिकारका विविध विषयमाथि प्रकाश पार्दै कार्कीले यस्ता कार्यक्रमले श्रष्टा अधिकार, समस्याको पहिचान र त्यसको निराकरणमा सरकार र श्रष्टाबिच पुलको काम गर्ने बताइन् ।

प्रतिलिपि अधिकारका विविध विषयमाथि प्रकाश पार्दै प्रमुख रजिस्ट्रार कार्कीले श्रष्टा अधिकार, समस्याको पहिचान र त्यसको निराकरणमा सरकार र श्रष्टाबिच पुलको काम गर्ने उनको भनाइ थियो ।

त्यस्तै संस्थाका बरिष्ठ उपाध्यक्ष दिपक शर्मा, सल्लाहकार टेक तामाङ, रोयल्टी संकलन समाजका महासचिव बसन्त सापकोटा, संगीतकार संघका अध्यक्ष अष्ट लामा, गम्बु शेर्पालगायतले गीत संगीत भित्रका विकृति विसंगति, त्यसको निराकरणका उपाय, श्रष्टा अधिकार, सचेतना, रोयल्टी ब्यबस्थापनका चुनौती र पछिल्लो समय देखिएको एआई प्रविधिको विकास, त्यसका अस र चुनौती लगायतका विविध विषयमा आफ्नो धारणा राखेका थिए ।

संस्थाभित्रका कार्यसमितिका पदाधिकारी लगायत ललितकलाका विविध क्षेत्रका विशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको कार्यक्रममा कार्य समितिले निर्णय गरि विधान अनुसार मनोनयन गरेका सल्लाहकारहरुलाई मनोनयन–पत्र प्रदान गरिएको थियो ।

संस्थाका अध्यक्ष नारायण बहादुर थापाले यस्ता कार्यक्रमहरु श्रष्टा हकहितका लागि फलदायी रहने र आगामी दिनमा पनि निरन्तर लागिरहने बताए । कार्यक्रम अध्यक्ष थापाको सभापतित्व एवं संस्थाका महासचिव सनम कठायतको संयोजनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  १२ : २५ बजे