Logo

Breaking News 1

एमालेकाे सचिवालय बैठक बस्दै, प्रतिनिधिसभाकाे प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने तयारी



काठमाडौं । नेकपा (एमाले)काे सचिवालय बैठक बस्दै छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति नेकपा (एमाले)ले आज प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने तयारी सँगै बैठक बस्दै छ ।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने छ । यही माघ ६ गते देशका सबै १६५ वटै निर्वाचन क्षेत्रमा उमेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ । सोहीअनुसार एमालेले उमेदवारको टुंगो लगाउन लागेको हो ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ११ : ०५ बजे