काठमाडौँ । संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
शान्तीश्री परियार र गौरव गिरीको स्वर रहेको सुन मायालु लोकपप शैलीमा तयार गरिएको छ ।
सुदुर पश्चिमेली भाषालाई संगीतकार श्रेष्ठले लोक पपशैली ढालेको सुन माया दर्शकले झट्ट सुन्दा र हेर्दा नै मन छुने किसिमले निर्माण गरिएको निर्देशक तथा गीतकार गौरव गिरी बताउँछन् ।
भिडियोमा गायक गिरी स्यमकै अभिनय रहेको छ भने गौरवलाई दीपा शाहीले साथ दिएकी छिन् । प्रेम र रोमान्सले भरिएको भिडियो रिलिज भएको छोटो समयमा नै ठूलो संख्यामा टिकटक र रिल्स बनेका कारण गीतले चर्चा पाएको संगीतकार श्रेष्ठ बताउँछन् ।
सुदुरपश्चिमको महेन्द्र नगरको लालझाडीमा दुई दिन लगाएर छायांकन गरिएको गीत गौरवसँग सुन्दरी दीपा रोमान्टिक शैलीमा खुलेकी छिन् ।
भिडियो हेर्दा दर्शकले कहीँ कतै अडिनु पर्दैन । आधुनिक गीतका लोकप्रिय संगीतकार श्रेष्ठले पहिलो पटक सुदुर पश्चिमेली भाषालाई लोकपप शैलीमा उतारे लगत्तै दर्शकबाट गज्जबको प्रतिक्रिया पाइरहेको निर्देशक गिरी बताउँछन् ।
गीतमा एरेन्ज केशव बडुको रहेको छ मिक्सिगं तथा मास्टरिगं श्याम श्वेत रसाइलीको रहेको छ । अनिल के मानन्धरको डिओपी रहेको भिडियोमा जयन्द्र कुँवरको छायांकन रहेको छ ।
निरज सापकोटाको सम्पादन रहेको भिडियोमा गौरव र दीपाका अलावा जीवन थापा, सुरेश भट्ट, बब्लु गौतम, मोनिका सिंह र बबिता तिरुवाको पनि अभिनय देख्न सकिन्छ । भिडियोमा श्याम कुँवरको कलर रहेको छ । भिडियो संगीतकार नागेन्द्र श्रेष्ठको अफिसियल च्यानलबाट बजारमा आएको हो । संगीतकार श्रेष्ठले यसअघि आधा दुःख घटाएर, तिमी सुस्तरी लगायतका दर्जनौँ गीत बजारमा ल्याईसकेका छन् ।
२ माघ २०८२, शुक्रबार
23
Shares










प्रतिक्रिया