Logo

Breaking News 1

आजको मौसम : पश्चिमी वायू सक्रिय



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ । जसका कारण बिहीबार आज दिउँसो तराई क्षेत्रका केही स्थानमा कुहिरो लाग्ने छ ।

महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार आज राती तराई क्षेत्रका केही स्थानमा कुहिरो÷कुहिरो लाग्ने छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हुस्सु–कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य, पर्यटन तथा हवाई–सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २ माघ २०८२, बिहिबार  ७ : २४ बजे