काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले सबैलाई उचित तरिकाले सम्बोधन गरेर अगाडि बढ्न सके जनताको विश्वास जित्न सक्ने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा बोल्दै उनले सबैको साझा भएर मन जितेर अगाडि बढ्नुपर्ने भन्दै पार्टीलाई सिंगो नेपालको एकताको एउटा अभियन्ताका रुपमा अगाडि बढाउनुपर्ने बताए ।
उनले भने, ‘हामी एकल काँटे भएर जाने होइन, सबैको साझा भएर मन जितेर अगाडि बढ्ने हो । सबैलाई उचित तरिकाले सम्बोधन गरेर अगाडि बढ्न सक्यौँ भने हामी नेपाली जनताको विश्वास जित्न सक्छौँ । सिंगो नेपालको एकताको एउटा अभियन्ता भएर अगाडि बढ्न सक्छौँ ।’
यस्तै, उनले पुराना दल र नेताप्रति नकारात्मक अभियान चलाइएको भन्दै त्यसको सामना गर्न पनि आवश्यक भएको बताए । मुलुकको संविधान, संघीयता र गणतन्त्र संकटमा परेको पनि उनको भनाई छ ।
उनले भने, ‘अहिले पनि मुलुकले संकटको सामना गरेको छ । यस्तो बेला मुलुकको संविधान र संघीयता के हुने हो, गणतन्त्रको अवस्था के हुने हो भन्ने चिन्ता व्याप्त थियो । अहिले पनि पुराना दल भनेर, पुराना नेता भनेर जसरी नकारात्मक अभियान चलाइएको छ । त्यसको पनि हामीले सामना गर्नुपर्ने आवश्यकता पर्छ । राम्रो र नराम्रोलाई एउटै ठाँउमा राख्ने, नेताहरु असल पनि हुन्छन् । त्यसकारण सबै नेता एउटै हुन् र सबै पार्टी उस्तै हुन् भन्ने जुन प्रचार भएको छ । यसको पनि जवाफ दिनुपर्छ ।’











प्रतिक्रिया