काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टी एकता कायम राख्न पार्टी सभापति शेर बहादुर देउवाले आफ्नो सट्टामा टिकटमा हस्ताक्षर अरु नेताहरुलाई दिन तयार रहेको जानकारी गराएका छन् ।
बुधबार केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पार्टी केन्द्रीय कार्यालय पुगेका उनले केन्द्रीय समितिले पास गरेर सबैको सहमतिमा निर्वाचन आयोगमा टिकटको लागि हस्ताक्षर गर्न गएको उल्लेख गरे । साथै उनले सभापतिको सट्टा अरु कसैले गर्नुपर्छ भन्ने लाग्छ भने र निर्वाचन आयोगमा समस्या हुदैँन् भने पार्टीको जुनै पनि नेतालाई त्यो हस्ताक्षर दिन तयार रहेको बताए ।
उनले भने, ‘छलफलमा पार्टी सभापतिले अहिलेको सबैभन्दा महत्वपूर्ण कुरा भनेको पार्टी एकता हो । यो पार्टी फुट्नु हुदैँन् र मैले यो एकता कायम राख्न मैले के गर्नुपर्छ गर्न तयार छु भन्ने जस्तो कुरा गर्नु भएको छ । उहाँले अहिले हस्ताक्षरको कुरा उठेको रहेछ अरु कसैको टिकटमा हस्ताक्षर दिएर एकता हुन्छ भनेदेखि म तयार छु । केन्द्रीय समितिले नै पास गरेर सबैको सहमतिमा निर्वाचन आयोगमा टिकटको लागि हस्ताक्षर गर्न गएको हो त्यही हस्ताक्षरबाट समानुपातिक, राष्ट्रिय सभाको सुची गयो अब प्रत्यक्षको बाँकी छ यसमा सभापतिको सट्टा अरु कसैले गर्नुपर्छ भन्ने लाग्छ भने र निर्वाचन आयोगमा समस्या हुदैँन् भने पार्टीको जुनै पनि नेतालाई त्यो हस्ताक्षर दिन तयार छु भन्नु भएको छ ।’
यस्तै, उनले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई चुनाव नलड्न भनेर आग्रह भने नगरेको जानकारी दिए ।
१ माघ २०८२, बुधबार
23
Shares









प्रतिक्रिया