Logo

Breaking News 1

पत्रकार एवं प्रजातान्त्रिक अभियन्ता होमनाथ दाहालको निधन



काठमाडौं । नेपालका प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, पत्रकार, विपि विचारका सच्चा अभियन्ता र नेपाल पत्रकार महासङ्घका पूर्व सभापति होमनाथ दाहालको ८४ वर्षको उमेरमा निधन भएको छ।

उनको निधन (हिजो) पुस २५ गते साँझ वीर अस्पताल मा उपचारार्थ पु¥याइँदै गर्दा भएको हो । केही समयदेखि अस्वस्थ रहेका दाहालको निधनले पत्रकारिता र लोकतान्त्रिक आन्दोलनमा ठूलो क्षति पुगेको छ ।

उनकी धर्मपत्नी सुधा दाहाल हाल वीर अस्पतालमै उपचाररत छन्। दाहालका दुई छोरा डा. सुधाम्शु दाहाल र हिमाम्सु दाहाल छन् ।

स्वर्गीय दाहालको पार्थिव शरीर शनिबार बिहान ९ बजेसम्म निजी निवास मैतीदेवीमा श्रद्धाञ्जली अर्पणका लागि राखिने र साढे ९ बजे पशुपति आर्यघाटमा दाह संस्कार गरिने बताइएको छ । सबैलाई उपस्थित हुने लागि जानकारी गराइएको छ।

होमनाथ दाहालको योगदान पत्रकारिता क्षेत्रमा मात्र नभई नेपालको प्रजातान्त्रिक आन्दोलन र समाजिक चेतनामा पनि सदा स्मरणीय रहनेछ ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  १० : ५५ बजे