काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बिहान आकस्मिक बैठक बस्ने भएको छ । आज बिहान ९ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बस्न लागेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेले जानकारी दिए ।
बैठक पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन निर्देशन गरिएको छ ।
पार्टीका मुख्य सचिव पौडेलद्वारा जारी सूचनाअनुसार बैठक आकस्मिक रूपमा बोलाइएको हो। बैठकका एजेन्डाबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।










प्रतिक्रिया