Logo

मुख्य समाचार

ब्रिटिस कलेजमा देखिएको विवाद समाधानउन्मुख



काठमाडौं । थापाथलीमा रहेको द ब्रिटिस कलेजमा देखिएको विवाद समाधानउन्मुख देखिएको छ । कलेज सञ्चालकहरूले झुक्क्याएर रकम असुलेको र दुबइमा इन्टर्नसिप भनेर कामदारका रूपमा पठाएको भन्दै आन्दोलन गरिरहेका विद्यार्थी पनि मत्थर देखिएका छन् । विद्यार्थीहररु आफूहरूमाथि शिक्षाको नाममा ठगी भएको भन्दै सामाजिक सञ्जालमा सक्रिय रुपमा विरोध जनाइरहेका थिए । तर शिक्षा मन्त्रालयले कलेज प्रशासनलाई एक निर्देशनात्मक आदेशसहितको पत्र पठाएपछि विवाद साम्य हुँदै गएको हो ।कलेजका मार्केटिङ प्रमुख अमरदिप मण्डलका अनुसार मन्त्रालयको परिपत्रले अवस्था सामान्य हुँदै गएको छ । मन्त्रालयले सन् २०२६ देखि टिबीसी र दुबईको एचएम कार्यक्रम बन्द गर्नुपर्ने, फाउन्डेसन इयरका कोर्सहरूको प्रचार गर्न नपाइनेलगायतका विषयमा कडाइ गरेको हो ।तर कलेज प्रशासनले मन्त्रालयबाट प्राप्त बुँदागत निर्देशनमा उल्लेख भएको बुँदा नम्बर दुईका सन्दर्भमा अन्योलता भएको जनाएको छ । आन्दोलनरत विद्यार्थीहरुले भने अझै केही असन्तुष्टि रहेको र केही विषयमा अडान कायम राखेको जनाएका छन् ।यसअघि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शिक्षण संस्थाहरुलाई १० बुँदे निर्देशन दिएको थियो । शिक्षामन्त्री महावीर पुनले मन्त्रीस्तरीय निर्णय गर्दै विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएर नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शैक्षिक संस्थाहरुलाई निर्देशन दिएका हुन् ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  ६ : २९ बजे