मेष राशि
समय दिन नसक्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। महत्त्वाकांक्षा पूरा नभए पनि पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ।
बृष राशि
अवसरले पछ्याए पनि प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ। सहयोगीहरूले साथ दिन छाड्नेछन् र प्रगतिमा ईर्ष्या गर्नेहरूले दुस्ख दिनेछन्। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्।
मिथुन राशि
केही काम रोकिनाले रकम हातलागी नहुन सक्छ। उद्योग र व्यापारमा पनि कम मात्र फाइदा हुनेछ। समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।
कर्कट राशि
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ।
सिंह राशि
कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। स्वास्थ्यका लागि खर्च बढ्नेछ। धन लाभ भए पनि बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला।
कन्या राशि
आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। खर्च हुने डरले सताउन सक्छ। अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। वादविवादबाट टाढा रहनुहोला।
तुला राशि
दिन अनुकूल र निकै लाभदायक रहनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ।
बृश्चिक राशि
विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्ला। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ।
धनु राशि
मेहनत गर्दा काम काम सम्पादन हुनेछ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ने समय छ। कुनै बाध्यताले अलमल्याउन सक्छ। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ।
मकर राशि
खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। स्वास्थ्यमा कमजोरी अनुभूति हुन सक्छ।
कुम्भ राशि
घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले खर्च भने बढाउन सक्छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। आफन्तको स्नेह तथा सम्मान प्राप्त हुनेछ।
मीन राशि
अवसर प्राप्त भए पनि उपलब्धि हातपार्न समय लाग्नेछ। नियमले रोक्ने हुँदा लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। अधिकारका लागि सजग रहनुपर्ला। प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन्।










प्रतिक्रिया