काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ ।
मंगलबार केन्द्रीय कार्यालय सानेपामा राष्ट्रियसभाको उम्मेदवारबारे छलफल गर्न बसेर बैठक स्थगित भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।
उनले स्थगित भएको बैठक मंगलबार बेलुका फेरि बसेर आजै रातिसम्म भएपनि उम्मेदवार टुंग्याउने बताए । राष्ट्रियसभामा कांग्रेस र एमालेले ७÷७, नेकपाले ३ र जसपाले १ सीट दिने गरी सहमति भएको छ ।
२२ पुस २०८२, मंगलबार
138
Shares









प्रतिक्रिया