Logo

मुख्य समाचार

रास्वपाको सचिवालय बैठक आज, संगठन विस्तार र निर्वाचन तयारीमा केन्द्रित



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज (पुस २२) दिउँसो २ बजे बस्दै छ । पार्टी प्रवक्ता मनिष झाले बैठक बोलाइएको जानकारी दिए ।
बैठकमा संगठन विस्तार र आगामी निर्वाचनको तयारीसँग सम्बन्धित १० एजेन्डामा छलफल हुने छ । केन्द्रीय समिति विस्तार, निर्वाचन परिचालन समिति गठन, प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार व्यवस्थापनसम्बन्धी कार्यविधि, तथा पार्टी प्रवेश कार्यक्रम बैठकका मुख्य विषय रहेका छन् ।
प्रस्तावित एजेन्डाअनुसार प्रत्यक्षतर्फ उम्मेदवारी दिने अन्तिम मिति तोक्ने, उम्मेदवार सिफारिस उपसमिति र पार्टी समायोजन उपसमिति विस्तार गर्ने विषयमा निर्णय हुने अपेक्षा गरिएको छ । साथै निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि, प्रदेश र जिल्लास्तरीय बृहत् पार्टी प्रवेश कार्यक्रम, तथा स्थानीय तह उम्मेदवार क्लब गठनसम्बन्धी विषयमा पनि छलफल हुनेछ ।
पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण र परिचालन रणनीति तय गर्न सचिवालय बैठक आह्वान गरेको बताइएको छ ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १२ : ०९ बजे