Logo

अर्थ

सुनको मूल्य तोलामा ३१ सय रुपैयाँले वृद्धि, प्रतितोला २ लाख ६८ हजार १०० पुग्यो



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (पुस २२) सुनको मूल्य प्रतितोला ३१ सय रुपैयाँले बढेर दुई लाख ६८ हजार १०० रुपैयाँ पुगेको छ ।
अघिल्लो कारोबार दिन सोमबार (पुस २१) सुन प्रतितोला दुई लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार मंगलबार चाँदीको मूल्य प्रतितोला चार हजार ८८० रुपैयाँ तोकिएको छ । सोमबार चाँदी प्रतितोला चार हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्य उतारचढाव र स्थानीय मागका आधारमा दैनिक रूपमा सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ११ : ४५ बजे