मेष राशि
मान्यजनको मार्गदर्शन अनुचित लाग्न सक्छ। कमजोर विकल्प अँगाल्नाले कुनै अवसर गुम्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनेछ र चुनौतीहरूसँग जुध्नुपर्नेछ।
बृष राशि
दिनभरि विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ। काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ। व्यापारमा मनग्य लाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।
मिथुन राशि
सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्नुका साथै नयाँ काम थाल्ने समय छ। गरिएका कर्मको उचित फल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ।
कर्कट राशि
सफलताले हिम्मत दिलाउनेछ। प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले समेत उत्साह बढाउला।
सिंह राशि
खर्चिलो कामले अर्थ अभावको स्थिति रहनेछ। आफन्तजनबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ।
कन्या राशि
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ।
तुला राशि
पहिले रोकिएको कामले उत्साह जगाउनेछ। मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ।
बृश्चिक राशि
सेवा तथा सामाजिक काममा रुचि बढ्नेछ। कामको प्रभावले थप जिम्मेवारी बढ्न सक्छ। पेसा–व्यवसायमा फाइदा हुनेछ। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ।
धनु राशि
दिनभरि सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। कमजोरीका बाबजुद अरूका लागि समय खर्चनुपर्ला। काममा व्यस्तता बढ्नेछ। तर आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्।
मकर राशि
नियमित काम सम्पादन हुनेछन्। केही भौतिक वस्तुहरू जुटाउन सकिनेछ। तर किनमेलमा अधिक खर्च हुनेछ। महत्त्व नबुझ्दा अमूल्य वस्तु हातबाट बाहिरिन सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्।
कुम्भ राशि
आत्मबलका साथ रोग र शत्रुमाथि लड्ने समय छ। काममा प्रतिस्पर्धा गर्नुपरे पनि फाइदा उठाउन सकिनेछ। हिम्मतले काम सम्पादन हुनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्।
मीन राशि
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। आर्थिक लाभ हुने काम पनि सम्पादन हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग भने लाभदायी बन्नेछ।










प्रतिक्रिया