Logo

Breaking News 1

कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने



 काठमाडाैं । नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे पार्टी मुख्यालय सानेपामा बस्दै छ । बैठकले राष्ट्रियसभा निर्वाचनका लागि आज (मंगलबार) उम्मेदवार टुंगो लगाउने छ । 

सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मंगलबार उम्मेदवार टुंगो लगाउने निर्णय गरेको थियो । बैठकले राष्ट्रियसभा निर्वाचनमा अन्य दलहरूसँगको चुनावी तालमेललगायत विषय र उम्मेदवारको विषय टुंगो लगाउने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ६ : २२ बजे