Logo

मुख्य समाचार

हुम्ला–मुगु–कर्णाली सडक खण्डको गमगढी–सोरु खण्डको निर्माण रफ्तारमा



मुगु । मुगुको गौरवको आयोजना मानिएको हुम्ला–मुगु–कर्णाली गमगढी–नाक्चेलाग्ना अन्तरगत गमगढी सोरु खण्डको सडक निर्माण एवम स्तरोन्नतीको कामले तिब्रता पाएको छ ।

कर्णाली प्रदेश सरकार पूर्वधार बिकास कार्यालय मुगुबाट कुल ६३ करोड ४६ लाखको बिनियोजित बजेट ३० करोड ९ लाख २५ हजार ९ सय रुपंैयामा काम सम्पन्न गर्ने गरी शिवालय–मंगलदीप टक्सान जेभी निर्माण ब्यावसायले १८ महिनासम्म काम सम्पन्न गर्ने गरी निर्माण भइरहेको हो ।

एक दशक पहिले गमगढीदेखि सोरु गाँउपालिकाका बिभिन्न बस्तीसम्म सडक सन्जाल जोडिएर यातायातका साधनहरु चलेपनि साँघुरो, छोटा धुम्ती, कच्ची सडकमा जोखिम मोलेर सवारी साधन गुडाउनुपर्ने वाध्यताको अन्त्यका लागि काम अगाडि बढाइएको हो ।

निर्माणको काम चाँडै सकिए मुगुबाट अन्तर जिल्ला सडक नजोडिएको अवस्थामा उक्त सडक अब फराकिलो ,नालावाल सहितको गमगढी बजारदेखि सोरुगाँउपालिका र हुम्लाको केही बस्तीका नागरिकलाई सहज हुने अनुमान छ ।

साथै गमगढी जुम्ला हुदै सुर्खेत, नेपालगंन्ज जान भन्दा गमगढीदेखि सोरु हुम्ला दोमुखबाट बाजुरा हँुदै सुर्खेत–नेपालगंन्ज जान छोटो र सहज हुने भएको भन्दै स्थानीय खुशी समेत भएका छन् । निर्माण कम्पनीले पनि काम छिटो र गुणस्तरीय गर्नुपर्नेमा स्थानीयको भनाइ छ । पूरा बजेट अनुसारको काम हुनुपर्ने र गुणस्तरीय हुनुपर्नेमा छाउले टिमका अध्यक्ष बिर्ख बहादुर मल्लले जोड दिए ।

‘अहिले काम शुरु गरेको तीन महिना भन्दा बढी भयो, कार्यालयको मापदण्ड अनुसारको काम भइरहेको छ । हाल २५ प्रतिशत काम भएको छ । डबल कन्क्रिटका लागि पाँचवटा जोडर मेशिन अन्य उपकरण प्रयोग गरेका छौं । १८ महिना भित्र काम सक्र्ने गरी समय दिएको छ । काम गर्न दिएको समयभित्र काम सम्पन्न गर्ने गरी काम भईरहेको छ,’ शिवालय मंगलदीप टक्सान नेभी निर्माण कम्पनीका सुर्य बहादुर शाहीले भने ।

कर्णाली प्रदेश सरकारको समपूर्णक बजेटबाट बिनियोजित बजेटबाट हुम्ला, मुगु कर्णाली–गमगढी नाक्चेलाग्ना सडक निर्माण काम रफ्तारमा भइरहेको हो । ६३ करोड ४६ लाख बजेटबाट कम्पनीले ३० करोड ९ हजारले १८ महिना भित्र काम सम्पन्न हुनेगरी ०८२ साल साउन महिना बाट काम सुरु भएको हो । हाल सडकमा मुख्य बाटो चौडाइ, नाला, ग्याबिन, वाललगायतको काम भइरहेको बिभिन्न पूर्वधार बिकास कार्यालय मुगुका प्रमुख कृष्ण चापागाईले बताए ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १ : २० बजे