रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नम्बर ४ मा एक पुरुष मृत अवस्थामा भेटिएको छ । पूर्व–पश्चिम राजमार्गदेखि करिब ४० मिटरको दुरीमा मृत अवस्थामा वृद्धको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
दक्षिण भित्रि सडक खण्डमा एकजना वृद्ध मानिस लडेको खबर आएपछि शनिबार बिहान प्रहरी टोली घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेश झाले बताए ।
उनले मृत फेला परेका वृद्धको नामथर वतन नखुलेको र अन्दाजी बर्ष ६०/७० को रहेको बताए । मृतक वृद्धको टाउकोमा गम्भीर चोट लागेको देखिन्छ ।
मृतकको साथबाट पहिचान खुल्ने कागज फेला नपरेकाले चिन्नुहुने महानुभावले प्रहरीमा सम्पर्क गर्न समेत इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले आग्रह गरेको छ ।
प्रहरी कार्यलयबाट एक किलोमिटर पश्चिममा भएको घटनाका बारेमा आवश्यक अनुसन्धान कार्य भईरहेको ई.प्र.का.चन्द्रनिगाहपुर जनाएएको छ ।










प्रतिक्रिया