Logo

मुख्य समाचार

डा. निकोलस भुसालसँग वार्ताका लागि सरकारी समिति गठन



काठमाडौं । विभिन्न माग राख्दै अनसनरत कमल भुसाल (डा. निकोलस भुसाल)सँग वार्ता गर्न सरकारले औपचारिक वार्ता समिति गठन गरेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव जीवनचन्द राईका अनुसार भुसाल नेतृत्वको समूहसँग संवाद अघि बढाउन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालको संयोजकत्वमा समिति गठन गरिएको हो।समितिमा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा. भिष्मकुमार भुसाल तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल सदस्य छन्।सरकारी समितिसँगको वार्तामा भुसाल पक्षबाट जेनजी अगुवा अजय सोडारीलगायत सहभागी भएका छन्।

प्रकाशित मिति : १७ पुस २०८२, बिहिबार  ८ : ०८ बजे