काठमाडौं । काठमाडौं महानगर प्रहरी बलका सातजना वरिष्ठ नगर प्रहरी निरिक्षकलाई बढुवा गरी नगर प्रहरी नायव उपरीक्षक पदको दज्र्यानी चिन्ह प्रदान गरिएको छ ।
बिहीबार काठमाडौं महानगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै उक्त दज्र्यानी चिन्ह प्रदान गरिएको हो ।
सोही क्रममा काठमाडौं महानगरपालिकका प्रहरी प्रमुख राजु पाण्डेले छुट्टै ऐन, पदपूर्ति प्रक्रिया र समितिलगायत रिक्त दरबन्दीमा स्वतः परिपुर्र्ति हुने २०८० सालमा महानगर प्रहरी ऐनलाई संशोधनसहित भर्खरै सम्पन्न भएको नगरसभाले ल्याएको बताए ।
उनले ३३ वर्षको अवधिमा ०७९ साल पछिको अहिले तीन वर्षको अवधि महानगरप्रहरी व्यवस्थित गर्नको लागि महत्वपूर्ण भएको पनि बताए ।
उनले भने, ‘२०८० सालमा महानगर प्रहरी ऐन ल्याइयो र संशोधनसहित २०८२ अस्ति भर्खर सम्पन्न भएको नगरसभाबाट ल्याइयो । त्यसपछि यसको छुट्टै ऐन, छुट्टै पदपूर्ति प्रक्रिया, छुट्टै समितिलगायत रिक्त दरबन्दीमा स्वत परिपुर्ति हुने, प्रहरी जवान, प्रहरी सहायक निरिक्षक, नगर प्रहरी निरिक्षक रहेका छन् । आन्तरिक रुपमा बढुवा हुने र खुल्ला रुपमा छनोट भएर प्रहरीहरु ल्याउने ऐन बनेको छ । महानगरप्रहरीको लागि यो कोशेढुंगा हो । ३३ वर्षको अवधिमा यो ०७९ साल पछिको अहिले तीन वर्षको अवधि महानगरप्रहरी व्यवस्थित गर्नको लागि ठूलो काम भएको छ ।’
आफू नरहे पनि महानगरप्रहरी सँधैैँ रहने भन्दै यसको सानलाई जोगाउनको लागि जनताको विश्वास जितेर काम गर्ने तर्फ निर्देशित हुनुपर्ने पनि उनको भनाइ छ । अहिले पदोन्नती भएका एक जना महिलासहित सात जना रहेका छन् ।
उनले बढुवा भई नगर प्रहरी नायव उपरीक्षक पदको दज्र्यानी चिन्ह प्राप्त गर्ने सात जना प्रहरी मध्य एक जना महिला पनि रहेको जानकारी दिए ।
१७ पुस २०८२, बिहिबार
46
Shares








प्रतिक्रिया