Logo

ग्यालेरी

राष्ट्रिय झण्डा बोकेर राष्ट्रिय पोसाक एवं टोपी दिवस : वसन्तपुरमा रमझम (फोटो)



काठमाडौं। विभिन्न युवा संस्थाको आयोजनामा बिहीबार १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘नेपाली टोपी : हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन्। दिवसका अवसरमा काठमाडौं वसन्तपुरमा विशेष कार्यक्रमको आयोजना गरियो ।

नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो। कार्यक्रममा सहभागीहरूले नेपाली दौरा–सुरुवाल, ढाका टोपी र गुन्यु–चोली लगाएर नाचगान गर्दै एक–अर्काबीच शुभकामना आदान–प्रदान गरेका छन् ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहिबार  १२ : ३१ बजे