Logo

मुख्य समाचार

भारतको विहारबाट ७ जना नेपालीको उद्यार



जनकपुर । भारतको विहारका विभिन्न स्थानहरुबाट ७ जना मधेश प्रदेशका बालबालिका तथा महिलाको उद्यार गरिएको छ ।
५ जना बालक, एक जना बालिका र एक जना महिलाको उद्यार गरी आज जनकपुरधामस्थित मधेश प्रदेश प्रमुख कार्यायलमा उनीहरुको आफ्न्तलाई जिम्मेवारी लगाइएको छ ।
उद्यार गरिएकोमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ सप्तरीका १६ वर्षीय मो.अजिज मिया, सप्तरीकै सम्भुनाथ नगरपालिका ९ की १५ वर्षिया ज्योती कुमारी मुखिया, रौतहटको चन्द्रपुर २ का १४ वर्षीय निमेष माझि, धनुषाको केल्पुर १ का १४ वर्षिय विष्णु सदा, सोही स्थानका १० वर्षिय सुरज सदा, सप्तरीको मनराजा ५ का ११ वर्षिय बचन कुमार सदा र बाराको कलैया १४ की ३३ वर्षिया संगीता कुमारी जयसवाल रहेकी छन् ।
उनीहरुलाई विभिन्न प्रलोभनमा पारेर भारत पुर्याई भिख माग्न लगाउने, श्रम शोसन गर्ने, भगाएर अन्यत्र लैजाने लगायतको अवस्थामा फेला पारी दिल्लीस्थित किन ईन्डिाया नामक संस्थाको अगुवाईमा भारतीय प्रहरी र दुतावासको सहयोगमा नेपाल फिर्ता ल्याएर आफन्तको जिम्मेवारी लगाइएको किन ईन्डियाका निर्देशक नवीन जोशीले जानकारी दिनुभयो ।
उनले विगतमा पनि सयौं जनाको उद्यार गरी अभिभावकको जिम्मा लगाएको बताए । उनका अनुसार यसरी प्रलोभनमा परेर भारतका विभिन्न ठाउँहरुमा श्रम शोसन र बेचिन पुगेकाहरुको संख्या सबैभन्दा बढी मधेश प्रदेशकै रहेको छ । उनले अभिभावक र प्रहरीको सहयोगमा त्यस्ता प्रलोभन देखाउनेहरुलाई फेला पारी कारवाही अगाडि बढाउ पहल पनि गरिरहेको बताए ।
अभिभावकलाई जिम्मा लगाउने क्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी गोबिन्थ थपलियाले कुनै पनि बालबालिका वा आफ्न्त हराएको थाहा हुने वित्तिकै नजिकको प्रहरी चौकीमा जानकारी गराउनुपर्ने बताए ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  २ : ५३ बजे