काठमाडौं । वन तथा वातावरणमन्त्री माधव प्रसाद चौलागाईँले भक्तपुरको सुर्यविनायकमा चाँडै चिडियाखाना बनाउने घोषणा गरेका छन् ।
सोमबार चिडियाखाना राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको ३० औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै उनले चिडियाखाना निर्माणको लागि आवश्यक प्रकृया र कागजातहरुको बारेमा काम गरिरहेको बताउँदै अब चाँडै निर्माणको घोषणा गर्ने बताएका हुन् ।
उनले भने,‘१० वर्षदेखि अल्झिराखेको सुर्यविनायकमा चिडियाखाना निर्माण गर्ने कुरा केही हप्तामा नै घोषणा गर्नेछौं । त्यसको प्रकृया र कागजातहरुको बारेमा कुरा गरिरहेको छौं’उनले भने ।
त्यस्तै उनले ३० वर्षसम्म देशमा जनताले अपेक्षा गरेअनुरुप विकास नहुँदा जेनजी विद्रोह भएको बताए । कति समयमा परिवर्तन ल्याउन सकिन्छ भन्ने कुरा इमान्दारपूर्वक काम गर्न सकियो कि सकिएन भन्ने कुराले निर्धारण गर्ने धारणा राखे ।
उनले भने,‘मलाई थाहा छ । ३० वर्षसम्म हाम्रो देशमा जे अपेक्षा गरेको थिए मानिसले त्यो नपाएपछि देशमा जेनजी विद्रोह भयो । तपाईलाई काम गर्न परिवर्तन गर्न कति समय भयो भने पर्याप्त हुन्छ ? कति समय भयो भने तपाईहले परिवर्तन ल्याउन सक्नुहुन्छ ? भन्ने कुरा इमान्दारपूर्वक काम गर्नुभयो कि भएन भन्ने कुराले निर्धारण गर्छ ।’
जेनजी आन्दोलन कुनै व्यक्ति विशेष नभएर प्रवृत्तिको कुरा भएको भन्दै सबैले एकचोटी आत्मासमिक्षा गर्न आवश्यक रहेको बताए ।
‘एकचोटी आत्मासमिक्षा गरौं । हामी सबैको कतै न कतै जेनजी आन्दोलन हुनुमा योगदान छ, जेनजी आन्दोलन हुनु कुनै व्यक्तिको कुरा होइन्, प्रवृत्तिको कुरा हो । त्यो प्रवृत्तिले हरेक ठाउँमा गाँजेको थियो,’उनले भने
त्यस्तै ललितपुरमहानगरपालिका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको सान भनेको नै चिडियाखाना रहेको बताए । चिडियाखानाबाट आएका हरेक प्रस्तावहरु स्वीकृत गर्न महानगर तयार रहेको उनले प्रतिबद्धता जनाए ।
उनले भने,‘ललितपुर महानगरपालिकाको सान भनेको यो चिडियाघर हो । ठाउँ सानो होला, ठूलो गर्ने सम्भावना पनि देखिदैन । तर पनि यो एकदमै राम्रोसँग चलेको छ । यहाँबाट जस्तोसुकै प्रस्ताव लिए आएपनि महानगरपालिकामा रातो कार्पेट बिछ्याएर स्वागत गर्छु ।’
१४ पुस २०८२, सोमबार
115
Shares








प्रतिक्रिया