काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गतको बन्दसूची सोमबार निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूची सुझावसहित पारित गर्दै निर्वाचन आयोगमा दर्ता गराउने निर्णय गरेको हो।
एमाले उपमहासचिव लेखराज भट्टका अनुसार जिल्ला तथा प्रदेशस्तरबाट सिफारिस भएर आएका नामहरूको आधारमा बन्दसूची तयार गरिएको छ। आवश्यक परेमा अध्यक्ष ओलीले करेक्सन गर्न सक्ने गरी सूची निर्वाचन आयोगमा बुझाउने निर्णय बैठकले गरेको उनले जानकारी दिए।
समानुपातिकतर्फको बन्दसूची बुझाउने कानुनी समयसीमाअनुसार पार्टीले सोमबार आयोगमा सूची दर्ता गराउने तयारी गरेको छ।
१३ पुस २०८२, आइतबार
0
Shares









प्रतिक्रिया