बाजुरा । बाजुरामा स्याउ तथा सुन्तला बगैँचाको उत्पादन बढाउने उद्देश्यले बगैँचा सुदृढीकरण तथा व्यवस्थापन अभियान सुरु गरिएको छ ।

कृषि ज्ञान केन्द्र बाजुराको आर्थिक वर्ष २०८२÷०८३ को कार्यक्रमअन्तर्गत कृषि प्राविधिकहरू कृषकका बगैँचामै पुगेर काँटछाँट, पेष्ट प्रयोग र व्यवस्थापनसम्बन्धी तालिम दिइरहेका छन् ।

बुढीनन्दा, हिमाली, स्वामिकार्तिक, जगन्नाथ, बडीमालिका र गौमुलका स्याउ तथा सुन्तला बगैँचामा संयुक्त रूपमा व्यवस्थापन कार्य भइरहेको छ ।

जलवायु परिवर्तनका कारण स्याउका बोट छिटो पात झर्ने समस्या देखिएपछि हिउँदयाममै व्यवस्थापनलाई प्राथमिकता दिइएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।



अभियानपछि बगैँचाको पुनः अवलोकन गरिनेछ । कृषि प्राविधिक र कृषकको सहकार्यमा गरिएका गतिविधिका केही तस्बिरहरू यहाँ प्रस्तुत छन् । तस्विर : गोविन्द तिमल्सिना, नेपाल न्यूज बैंक











प्रतिक्रिया