Logo

समाचार

मोटरसाइकल दुर्घटनामा २० वर्षीय चालकको मृत्यु, एक घाइते



चितवन । चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जंगलनजिक भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा प्र ०३४ प ५२०५ नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनामा माडी नगरपालिका–१ गर्दीका २० वर्षीय तृशल महतो र मोटरसाइकलमा सवार १९ वर्षीय अंकित महतो घाइते भएका थिए ।
घाइते दुवैलाई उपचारका लागि सेन्ट्रल अस्पताल लगिएकोमा चालक महतोको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाइते अंकित महतोको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  १० : ५२ बजे