काठमाडौं। नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो।
यस दिन छापावाल सुन प्रतितोला २ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बुधबार छापावाल सुन प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला २० रुपैयाँले घटेर ४ हजार ४०० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो।










प्रतिक्रिया