Logo

Breaking News 1

बाजुराको गौमुल गाउँपालिकाले पालिकाका नागरिकलाई आयोडिनयुक्त नुन वितरण गर्ने



बाजुरा । बाजुराको गौमुल गाउँपालिकाले पालिकाका नागरिकलाई आयोडिनयुक्त नुन वितरण गर्ने भएको छ । पालिकाले आजदेखि गाउँपालिकाका सबै वडाहरूमा आयोडिनयुक्त भानु नुन वितरण गर्ने भएको हो ।

प्रति परिवार २२ केजीका दरले आयोडिनयुक्त भानु नुन वितरण गरिने गाउँपालिकाले जनाएको छ । नुन लिन आउँने सेवाग्राहीहरुले आफ्नो नेपाली नागरिकताको फोटोकपी अनिवार्य साथमा लिएर आउँनु पर्ने छ।

वडा नम्बर ३, ४, ५ र ६ का नागरिकहरुले गाउँपालिकाको केन्द्र घट्मुनाबाट नुन लिन लिनु पर्ने छ । त्यस्तै वडा नम्बर १ र २ का नागरिकहरुले सिम बजारबाट नुन प्राप्त गर्ने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष हरी बहादुर रोकायाले जानकारी दिए ।

नागरिकको सहजताका लागी गाउँपालिकाले नुन वितरण गर्न लागेको अध्यक्ष रोकायाको भनाइ छ। पालिकाका स्थानीयलाई खानमा अभाव नहोस् भनेर वितरण गर्न लागिएको बताएका छन् ।

पुस १० गते वडा नम्बर ४ र ५, पुस ११ गते वडा नम्बर ३ र ६ तथा पुस १२ गते वडा नम्बर १ र २ का लागि नुन वितरण गरिने भएको छ । गाउँपालिकाले तोकिएको मिति, स्थान र समयमा उपस्थित भई नुन लिन स्थानीय नागरिकहरूलाई अनुरोध समेत गरेको छ।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  १० : ४८ बजे