वीरगञ्ज, पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा र दुई अन्य व्यक्तिविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालत काठमाडौंमा बुधबार आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार, आ.व. २०७९/८० मा वडा नं २ अन्तर्गत सडक मर्मतका लागि बोलपत्र सूचना राष्ट्रियस्तर वा स्थानीय समाचारपत्रमा प्रकाशन गर्नुपर्ने कानूनी प्रक्रिया अवलम्बन नगरी झुठा बिल तथा भर्पाइ तयार गराई भुक्तानी गराइएको थियो। यसक्रममा तत्कालीन प्रशासकीय अधिकृत मुस्तफा, सहलेखापाल उपेन्द्रकुमार साह र जनप्रतिविम्ब दैनिकका प्रकाशक/प्रधानसम्पादक सञ्जयकुमार साहलाई प्रतिवादी बनाइएको छ।
अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार, उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को (ङ) बमोजिम मुद्दा दायर गरिएको छ। आयोगले ६५ हजार रुपैयाँ बिगो कायम गरी जेल सजाय र जरिवानासहित बिगो असुल गर्न माग गर्दै विशेष अदालतमा मुद्दा पेश गरेको छ।
९ पुस २०८२, बुधबार
0
Shares









प्रतिक्रिया