काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच एकता हुने भएको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच एकतासम्बन्धी सहमतिपत्रमा आज हस्ताक्षर हुने भएको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार केहीबेरमै औपचारिक रूपमा सहमतिपत्रमा हस्ताक्षर गरिनेछ ।
दुवै दलबीच लामो समयदेखि एकताका लागि छलफल हुँदै आएको थियो । एकता भएपछि पार्टीको संगठनात्मक संरचना, नेतृत्व व्यवस्थापन र आगामी राजनीतिक कार्यदिशाबारे थप निर्णय सार्वजनिक गरिने जनाइएको छ ।
९ पुस २०८२, बुधबार
184
Shares









प्रतिक्रिया