Logo

अर्थ

सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, प्रतितोला दुई लाख ६८ हजार नाघ्यो



काठमाडौं । नेपालमा सुनको मूल्यले बुधबार फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर दुई लाख ६८ हजार १०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो ।
यसअघि मंगलबार (पुस ८) सुनको मूल्य एकै दिन ५ हजार ५ सय रुपैयाँले बढ्दै प्रतितोला दुई लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार बुधबार चाँदी प्रतितोला १६५ रुपैयाँले बढेर चार हजार ४२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ११ : ३८ बजे