काठमाडौं । नायिका स्वस्तिमा खड्काले आफ्नो नामको दुरुपयोग गर्दै सामाजिक सञ्जालमार्फत ठगीको प्रयास भइरहेको भन्दै सबैलाई सतर्क रहन आग्रह गरेकी छन् ।
खड्काले सामाजिक सञ्जालमा जानकारी दिँदै आफू नजिकका साथीहरूलाई भाइबर र व्हाट्सएपमार्फत पैसा मागिएको जानकारी पाएकी बताएकी छन् ।
उक्त सन्देशहरू आफूले नपठाएको स्पष्ट पार्दै उनले यस्ता म्यासेजमा नझुक्किन सबैलाई अनुरोध गरेकी छन् । उनले लेखेकी छन्, ‘सावधान! मेरो नामको दुरुप्रयोग गर्दै मेरा नजिकका साथीहरूलाई भाइबर र व्हाट्सएपमा पैसा माग्दै गरेको भेटिएको छ । त्यस्ता म्यासेजहरूमा नझुक्किनु हुन सबैमा जानकारी गराउन चाहन्छु ।’
नायिका खड्काले यस्ता गतिविधिबाट सावधान रहन र कुनै पनि आर्थिक कारोबार अघि राम्रोसँग पुष्टि गर्न समेत आग्रह गरेकी छन् ।










प्रतिक्रिया