Logo

अर्थ

एकैदिन प्रतितोला ५ हजार ५०० ले बढ्यो सुन, हालसम्मकै उच्च मूल्यमा कारोबार



काठमाडौं। नेपाली बजारमा सुनको मूल्य मंगलबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ५०० रुपैयाँले बढ्दै दुई लाख ६७ हजार २०० रुपैयाँ पुगेको हो।

सोमबार छापावाल सुन प्रतितोला दुई लाख ६१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनहरूमा सुनको मूल्य निरन्तर वृद्धि भइरहेको महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला चार हजार २३५ रुपैयाँ रहेको चाँदी मंगलबार २० रुपैयाँले बढेर चार हजार २५५ रुपैयाँ कायम भएको छ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको उतारचढाव, डलरको विनिमय दर तथा लगानीको बढ्दो आकर्षणले सुनचाँदीको मूल्यमा असर पारेको हो।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ११ : ५० बजे