Logo

समाचार

‘अहिलेको सरकार जेनजीको रगतमा यशोआराम गर्न आएको होईन्’



काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले यो सरकार जेनजीको रगतमा यशोआराम गर्ने मनसायले नआएको बताएकी छन् ।
सोमबार बसेको सर्वदलिय बैठकलाई सम्बोधन गर्दै उनले जेनजीको रगतमा यशो आराम गर्न नआएको र नगरेको भन्दै त्यस्तो भन्नेहरुले हिजोको दलहरु र आजको सरकारले गरेको कामको मूल्यांकन गर्नुपर्ने बताईन् ।
उनले भनिन्, ‘यहा कसले कस्लाई के दोष लगाउने, हामी अचानो त होईन नि हिजो के त्रुटि भए, जेको परिणाम २३ र २४ को घटना भयो त्यो आवेगलाई हामीले भोगि रहेका छौ । आज हामी आलोचनाको पाटो जेनजी र राजनीतिक पार्टी दुवैबाट भएका छौ । त्यसैले हामी अचानो त होईनौ । तर जुन किसिमको आक्षेप हामी खेपि रहेका छौ त्यसको लागि त तयार छौ किनभने त्यो मुलुकको लागि हो । यो देशमा जन्मेर यति वर्ष नुन खाएपछि देशको लागि केही गर्नुपर्छ भन्ने हाम्रो विचारमा छ । हामी जेनजीको रगतमा यशो आराम गर्न आएको होईन् । हामीले गरेको पछि छैन् । हिजोको दलहरुले जसरी रमाइलो गरेका थिए भने आज हामीले के गरिरहेका छौ त्यो मूल्यांकन गर्नु ।’
यस्तै, उनले सबैभन्दा महान भनेको जनता र जनताको सेवा राजनीतिक दलहरुले गर्नुपर्ने भन्दै जनताको अहिलेको माग के हो त्यो बुझ्न जरुरी रहेको बताईन् ।
उनले भनिन्, ‘यहाँ हामी न कोही वादी छौ न प्रतिवादी छौ । आफ्नो चित्त नबुझेको कुरा राख्नु आफ्नो कुरा हो, कुन दललाई के कुरामा चित्त बुझेको हुदैँन् । तर अखिरमा यो देशको सबैथोक भनेको जनता हो । कुनै पनि राजनीतिक दलभित्र आफ्नो भागबण्डा मिलेन वा केही भयो भने त्यसको नकारात्मक असर जनतालाई दिनु हुदैँन् । किनभने सबैभन्दा महान भनेको जनता हो, राजनीतिक दल भनेको दोस्रो कुरा हो । पहिलो कुरा भनेको जनताको सेवा गर्न बसेको हो, जनताको अहिलेको माग के हो त्यो बुझ्नु पर्छ ।’
अहिलेको एउटा चुनौती भनेको युवा वर्गलाई सबैभन्दा अगाडि कसरी ल्याउने र कसरी मुलुकको सत्ता शासन अघि बढाउने भन्ने नै रहेको पनि उनको भनाई छ ।
उनले एक दुई वटा दलबाहेक निर्वाचन हुनु हुदैँन् भन्ने कसैको पनि विचार नरहेको पनि बताईन् ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ६ : ५६ बजे