काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘जेनजी’ समूहलाई विरोध प्रदर्शनका लागि अनुमति नदिएको छ। आन्दोलनको घोषणा गर्दै अनुमतिका लागि पुगेको टोलीलाई प्रशासनले अनुमति अस्वीकार गरेको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलका अनुसार सोमबार (पुस ७) जेनजीका फरक–फरक समूहले आन्दोलन गर्न पाउनुपर्ने मागसहित निवेदन बुझाएका थिए। तर प्रशासनले कसैलाई पनि प्रदर्शनको अनुमति नदिएको र नदिने निर्णय गरेको उनले जानकारी दिए।
जेनजी समूहले आइतबार (पुस ६) आन्दोलनको घोषणा गर्दै अनुमति नलिएरै सडकमा उत्रिने चेतावनी दिएका थिए। सोमबार उनीहरू अनुमति माग्दै प्रशासन कार्यालय पुगेका हुन्।
यता ‘गरी खान देऊ’ अभियानका जेनजी अगुवा हरिश भट्टले प्रशासनसँग छलफल जारी रहेको बताए। उनले आन्दोलन शान्तिपूर्ण हुने दाबी गर्दै अनुमति नपाए पनि माइतीघरमा प्रदर्शन गर्ने बताए।
७ पुस २०८२, सोमबार
253
Shares









प्रतिक्रिया