Logo

Breaking News 1

मधेश प्रदेशसभाको सभामुखमा राम अशिष यादव



रौतहट । मधेश प्रदेश सभाको सभामुखमा जसपा नेपालका राम अशिष यादव चयन भएका छन् । सभामुख चयनका लागि आईतबार मधेश प्रदेश सभाको बेठकमा भएको निर्वाचनमा बहुमत प्राप्त गर्दै जसपा नेपालका प्रमुख सचेतक सांसद राम अशिष यादव निर्वाचित भएका छन् ।

सभामुख पदका लागि जसपाका राम अशिष यादव र नेकपा एमालेकातर्फबाट त्रिलोकी प्रसादले उम्मेदवारी दिएका थिए । मत विभाजन प्रक्रिया अपनाइएकोमा राम अशिष यादवको पक्षमा कुल ७२ मत परेको भने विपक्षमा २४ मत परेको थियो । बैठकमा कुल ९६ जना सांसद उपस्थित रहेका थिए ।

यादवको पक्षमा नागरिक उन्मुक्ति पार्टी, जसपा नेपाल, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, लोसपा र नेपाली कांग्रेसका सांसदहरुले मत दिएका थिए ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ७ : ३५ बजे