काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा व्यापक रूपमा विस्तार गर्न सके भ्रष्टाचार न्यूनीकरण गर्न सकिने बताएका छन्।
विश्व ध्यान दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पुनले मन शुद्ध नभए लोभ, लालसा र घमण्ड बढ्ने र त्यसकै कारण भ्रष्टाचार मौलाउने बताए। भ्रष्टाचार नियन्त्रणका लागि औषधि प्रभावकारी नदेखिएको उल्लेख गर्दै उनले योग र ध्यानलाई मन शुद्ध गर्ने प्रभावकारी माध्यमका रूपमा अघि बढाउनुपर्ने धारणा राखे।
उनले योग र ध्यानलाई टोल–टोल र गाउँ–गाउँमा पुर्याउन सबैले सामूहिक प्रयास गर्नुपर्ने बताए। साथै विद्यालयहरूमा अतिरिक्त क्रियाकलापमार्फत योग र ध्यान सञ्चालन गर्न निर्देशन दिइसकेको जानकारी दिए।
मन्त्री पुनका अनुसार योग र ध्यान पढाउने विषय नभई अभ्यास गराउने विषय भएकाले विद्यालयमा शुक्रबारलाई पठनपाठनभन्दा अतिरिक्त क्रियाकलाप केन्द्रित दिनका रूपमा अघि बढाउने विषयमा छलफल भइरहेको छ।
६ पुस २०८२, आइतबार
138
Shares









प्रतिक्रिया