Logo

Breaking News 1

राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ मकवानपुरको अध्यक्षसहित ११ सदस्यीय समिति चयन



हेटौँडा । राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ मकवानपुरको जिल्ला अधिवेशनबाट अध्यक्षसहित ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ । अधिवेशनबाट प्रविन (प्रबिन) राजलामा अध्यक्षमा चयन भएका छन् । यस्तै, उपाध्यक्ष : दिलिप देवकोटा ८८, उपाध्यक्ष (महिला) : सुस्मिता राई, सचिव : मनोज देवकोटा,कोषाध्यक्ष (महिला) : सम्झना भण्डारी,सह–सचिव : जनार्दन ढकाल रहेका छन् ।

यसैगरी जिल्ला कार्यसमितिका सदस्यहरूमा वीरमान वाइबा, उमाशंकर थिङ, बाबुराम थापामगर, मोहन बि.क., सञ्जय (प.) लामा र सरोज ४० श्रेणी चयन भएका छन् ।

अधिवेशन कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय नेता तथा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का पूर्व सांसद दिपक बहादुर सिंहले श्रमिकको हक, हित र अधिकारका लागि आफूहरू सधैं खटिने बताए । उनले श्रमिक वर्गको योगदान बिना राष्ट्र निर्माण सम्भव नहुने उल्लेख गरे ।

त्यसैगरी पूर्व सांसद अनिशा नेपालीले श्रमिककै कारण आज देश यो अवस्थामा आइपुगेको बताउँदै श्रमिकलाई सधैं साथमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

अधिवेशनमा जिल्लाभरका श्रमिक प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नवनिर्वाचित कार्यसमितिले श्रमिक अधिकार संरक्षण, संगठन विस्तार तथा श्रमिकमैत्री नीति निर्माणमा सक्रिय भूमिका खेल्ने जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ६ : ४३ बजे