Logo

मुख्य समाचार

रवि लामिछाने रिहा, तीन करोड ७४ लाख ८४ हजारको बैंक जमानत बुझाए



बुटवल, रुपन्देही – जिल्ला अदालत रुपन्देहीले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा आरोपी रवि लामिछानेलाई थुनामुक्त गरेको छ। उनलाई तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत बुझाएपछि रिहा गरिएको हो।

रवि लामिछाने आज (पुस ४) बिहान भैरहवा आइपुगेका हुन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा आउन तयारीमा थिए, तर गौतमबुद्ध विमानस्थलको कम दृश्यता कारण उडान रद्द भएपछि भरतपुर हुँदै गाडीमार्फत रुपन्देही पुगे। नेपाल प्रहरीको रोहबरमा उनलाई अदालतमा उपस्थित गराइएको थियो।

उच्च अदालत बुटवलका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले बिहीबार (पुस ३) उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो। अदालतमा कानुनी प्रक्रिया पूरा भएपछि रवि समर्थकहरूले उनको पक्षमा प्रदर्शन गरेका थिए।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ६ : ४१ बजे