काठमाडौं। साफ क्लब महिला च्याम्पियनसिपको फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले तयारी पूरा गरेको छ। मुख्य प्रशिक्षक जीवेशकुमार पाण्डेका अनुसार टिमले लिग चरणमा देखिएका कमजोरी सुधार्न अभ्यास पूरा गरी फाइनल खेलका लागि तयार रहेको छ।
पाण्डेले शुक्रबार फाइनलको पूर्वसन्ध्यामा आयोजित प्रि–म्याच कन्फरेन्समा भने, “लिग चरणमा टिमको फ्रन्टलाइनमा समस्या आएको थियो। हामीले दुई दिन तयारीको समय पाएका छौँ र यस कम्जोरीको सुधारका लागि अभ्यास गरेका छौँ। टिम शारीरिक र मानसिक रुपमा दुवै तयार छ।”
एपीएफले उपाधिको लागि भोलि (शनिबार) भारतीय क्लब इस्ट बंगालसँग प्रतिस्पर्धा गर्नेछ। खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः०० बजे सुरु हुनेछ।
प्रतियोगिताको लिग चरणमा एपीएफले चार खेल खेलेको थियो, जसमा दुई जित र दुई बराबरीसहित ८ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रह्यो।










प्रतिक्रिया