काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज थुनामुक्त हुँदै छन् ।
सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिगोबराबरको रकम धरौटी राखेर छाड्ने आदेश दिएपछि आज थुनामुक्त हुन लागेका हुन् ।
रविलाई आज जिल्ला अदालत भैरहवामा उपस्थित गराइने र सम्पूर्ण प्रक्रिया पूरा गरेर रिहा गरिने जनाइएको छ ।










प्रतिक्रिया