Logo

मुख्य समाचार

नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा, शुक्रबार उद्घाटन



जनकपुर । नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको छ ।
जनकपुरधाममा बिहीबार पत्रकार सम्मेलनमार्फत जेसीजका आयोजक जनकपुर जेसीज र नेपाल जेसीजले संयुक्त रुपमा जानकारी गराएको छ । महाधिवेशनको उद्घाटन कार्यक्रम भोली शुक्रबार जनकपुरधामको तिरहुतीया गाछीमा बनाइएको भव्य कार्यक्रम स्थलमा हुने नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रजनी थापाले बताइन ।
उनले चार दिनसम्म हुने कार्यक्रममा मेचीदेखि महाकालीसम्ममा रहेका जेसीजको १७४ शाखाका पाँचहजार भन्दा बढी अतिथिहरुको उपस्थिती रह्ने जानकारी दिइन् ।
यस महाधिवेशनको मुख्य केन्द्र बिन्दुको रुपमा जेसीजका अन्तर्राष्ट्रिय भाईस प्रेसिडेन्ट जापानका सुजुकी आउन लागेको थापाले जानकारी दिइन । उनले महाधिवेशनमा नेतृत्व चयन वाहेक पनि अन्य थुप्रै कुराको छलफल, अन्तरक्रिया, तालिमलगायतका कुराहरु राखिएको बताइन ।
उनले सार्क ट्यांक नेपालका पदाधिकारी पनि महाधिवेशनमा आउने र लगानी, व्यापार व्यवसायी, उत्पादन, नाफाका कुराहरुबारे जानकारी प्रशिक्षण दिने जानकारी दिइन ।
जनकपुरधाममा जेसीजले पाँचौ पटक अधिवेशन गर्न लागेको हो । यसअघि जनकपुर जेसीजले चार पटक महाधिवेशन जनकपुरधाममा सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  ७ : २७ बजे