Logo

कर्पोरेट

कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच उद्यमशीलता सुदृढीकरण सम्झौता



काठमाडौं – कुमारी बैंक लिमिटेडले उद्यमशीलता विकास र वित्तीय पहुँच विस्तारका लागि वीनरक इन्टरनेशनलसँग सम्झौता गरेको छ।

सम्झौताअन्तर्गत बैंक र वीनरकले लक्षित समुदायको उद्यमशीलता विकास, वित्तीय साक्षरता, उद्यमीहरूको प्राविधिक तथा व्यवस्थापकीय क्षमता सुदृढीकरण, र दिगो व्यावसायिक योजना निर्माणमा संयुक्तरूपमा काम गर्नेछन्।

कुमारी बैंकको दिगो बैंकिङ्ग विभागका प्रमुख अर्पण पौडेलका अनुसार, यस सहकार्यले लक्षित समूहको वित्तीय समृद्धि अभिवृद्धि गर्न योगदान पुर्याउनेछ।

कुमारी बैंकले देशभर ३०२ शाखा, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखा रहित बैंकिङ्ग इकाई र ३१७ एटिएममार्फत सेवा दिँदै आएको छ। बैंकले आगामी दिनहरूमा पनि सरल, सुलभ र उत्कृष्ट सेवा प्रदान गर्न विभिन्न साझेदारीहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  ३ : ४२ बजे